अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) ११ दिनदेखि सम्पर्कविहीन भएका छन ।
पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाईकल सर्भिसिंग गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क विहिन भएका हुन ।
गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको र खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
अध्यक्ष भुसालको खोजी गरिदिन उनका दाजु जीवलाल भुसालले पत्रकार समक्ष पनि आग्रह गरेका छन् ।
अध्यक्ष भुसालले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बसचालक मार्फत घरमा पठाइएको जनाइएको छ ।
वडा सचिव गंगाराम चौधरीसंग मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको थियो ।
सचिव चौधरीसंग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले सोधपुछ गरेको बताइएको छ ।
वडा अध्यक्ष भुसालको खोजीका निम्ति सम्पुर्ण संयत्र प्रयोग गरिएको र अनुसन्धान समेत भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्