काठमाडौं, पुस ११ । केन्द्रीय बैंकले सेयर लगानीकर्ताको अधिकांश मागहरु सम्बोधन हुनेगरी निर्देशन जारी गरेसँगै पुँजीबजारमा उछाल आएको छ ।
बुधबार सेयरबजार परिसूचक नेप्से ३० अंकले बढेर १२ सय १६ विन्दुमा पुग्यो । कारोबार सुरुआती समयदेखि नेप्से निरन्तर बढेको थियो ।
यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आयो । जीवनबिमा समूह सबैभन्दा उच्च ४४३ अंकले बढ्यो । यस्तै, निर्जीवन बिमा समूह पनि २४५ अंकले उक्लियो ।
यसदिन १७१ कम्पनीका १९ लाख १४ हजार कित्ता सेयर ६९ करोड ६५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्