Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पोखरा सडक महोत्सवको तयारी हुँदै


0
Shares

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले महोत्सवको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ ।

रेवान पोखराले शनिबार गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषता नै ‘सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने’ भएकाले यसलाई पेटीमा सीमित गर्न नहुने बताए ।

महोत्सवले पाँच दिनसम्म सडक अवरुद्ध गरेको भन्दै विभिन्न ठाउँबाट विरोध आएकोप्रति लक्षित गर्दै उनले सडक महोत्सव सडकमै गर्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलगायतले महोत्सवले पर्यटन प्रबद्र्धनमा योगदान पुर्‍याउँदै आएको भन्दै थप व्यवस्थित तरिकाले महोत्सव गरिनुपर्नेमा जोड दिए ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा आगामी पुसको १३ देखि १७ गतेसम्म लेकसाइडमा पोखरा सडक महोत्सव आयोजना गर्दैछ ।