१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘संविधानप्रति असहमति राख्नेहरुबाट डराउनुपर्ने अवस्था छैन’


0
Shares

बुटवल, पुस ११ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा ‘विप्लव’ समूहलगायतका अर्धभूमिगत समूहहरुलाई नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताएका छन् ।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले ‘संविधानप्रति असहमति राख्नेहरुबाट डराउनुपर्ने अवस्था छैन’–भने ।

कन्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रसंगमा आइजीपी खनालले चारओटा विज्ञ टोलीले घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लागिछाड्ने दाबी गरे ।

प्रहरीभित्रका गलत प्रवृति अत्य गर्दै समुदायसँगको सहकार्यबाट अपराध अन्त्य गर्ने उनको भनाइ थियो ।