
वीरगन्ज, पुस ११ । प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गरेको प्रदर्शनले वीरगन्जको घन्टाघर बुधबार बिहानैदेखि तनावपूर्ण रह्यो ।
विद्यार्थीको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा एकजना प्रहरी र चारजना विद्यार्थी सामान्य घाइते भएका छन् ।
वीरगन्जस्थित माइस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अर्को विद्यालयमा सरुवा भएपछि त्यसको विरोधमा तीन दिनदेखि विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।
बुधबार बिहानदेखि भएको प्रदर्शन मध्याह्न १२ बजेसम्म उग्र देखिएपनि अहिले भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्