काठमाडौं, पुस ११ । सभामुख कृष्णबहादुर महराले संसदमा हुने जीवन्त छलफललाई जनतासमक्ष पुर्याउन सन्चारमाध्यमलाई आग्रह गरेका छन् ।
बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै सभामुख महराले संसदका गतिविधिलाई नागरिकसमक्ष पुर्याउन आग्रह गरेका हुन् ।
उनले कुनै आग्रह र पूर्वाग्रह नराखी राष्ट्र र जनताको पक्षमा उभिन सन्चारकर्मीलाई आग्रहसमेत गरे ।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन र वर्तमान शासन प्रणालीलाई कार्यान्वयन गर्नका लागि सन्चारमाध्यमको रचनात्मक भूमिका आवश्यक रहेको धारणा राखे ।
गएको पुस १ गते भएको संसदीय मामिला पत्रकार समाजको निर्वाचनबाट नारायण काफ्लेको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्