Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पाँचथरमा बम फेला, पक्राउ परेका कार्यकर्ता छाड्न प्रशासनलाई नेकपाका जिल्ला इन्चार्जको फोन


0
Shares

निर्वाचनमा सहभागी हुन जाने क्रममा स्थानीयले बाटोमा रेडवुलको खोलमा तारजोडेर तयार गरिएको बस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । दिउँसो साढे ३ बजेतिर फेला परेको सो बस्तु तुरुन्तै डिस्पोज गरिएको छ ।

घटनाबाट कुनै पनि मानवीय क्षति नभएको स्थानीय कमल चम्लागाइले बताए । मतदान संचालन भइरहेको कुम्मायक गाउँपालिका–४, सिद्धमावि तिङदेनको मतदान स्थलबाट करिव एक किलोमिटर टाढा फेला परेको सो बम नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पड्काएर निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी बामदेव गौतमले बताए ।

यस अगाडि पनि पाँचथरका ३ स्थानमा बम फेला परेको थियो । बम कसले राखेको भन्ने प्रष्ट हुन नसके पनि चुनाव विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्पको नेकपाले राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

पाँचथर प्रहरीले विप्लव समुहका मेची व्युरो इञ्चार्ज सुमन भनिने सन्तकुमार लिम्वु सहित १५ जनालाई पक्राउ गरेको छ ।

यसैबीच विप्लव समूहले पक्राउ परेका आफ्ना कार्यकर्ता यथाशीघ्र रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ । पार्टीका पाँचथर जिल्ला इन्चार्ज सौगातले फोन गर्दै आफ्ना कार्यकर्तालाई शीघ्र रिहा गर्न आग्रह गरेका हुन् ।