५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?


0
Shares

जिल्ला निर्वाचन कार्यालयहरुले दिएको जानकारी अनुसार जिल्लाहरुमा ५४ देखि ८० प्रतिशतसम्म मतदान भएको छ । पाँचथरमा ६८ प्रतिशत मत खसेको छ भने ताप्लेजुङमा ६५ प्रतिशत मतदाताले मत दिएका छन् ।

यता धादिङमा ६७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको भने लमजुङमा करिब ६५ प्रतिशत मतदान भएको छ । गोरखामा ६३ प्रतिशत मतदान भएको छ भने दोलखामा ५५ प्रतिशत मात्र मतदान भएको छ ।

ओखलढुंगामा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन् । मनाङ जिल्लामा ७३ प्रतिशत मत खसेको छ ।

यस्तै संखुवासभामा ६५ प्रतिशत मतदान भएको छ भने खोटाङमा ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।

रसुवामा भने ८३.५ प्रतिशत मत खसेको छ ।

उता, बैतडीमा ६० प्रतिशत मत खसेको छ भने दार्चुलामा ५४ प्रतिशत मतदान भएको छ । बाजुरामा भने ८० प्रतिशत मतदान भएको छ ।

पश्चिम रुकुममा ६६ प्रतिशत र पूर्वी रुकुममा ६५ प्रतिशत मत खसेको छ ।

यस्तै भोजपुरमा ५९ प्रतिशत मत खस्यो । म्याग्दीमा ६१ प्रतिशत मत खसेको छ । रोल्पामा भने ५५ प्रतिशत मत खसेको छ ।