Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


निर्वाचन बिथोल्न सक्ने आशंकामा देशभरबाट ६२० जना पक्राउ : प्रहरी प्रवक्ता


0
Shares

ती मध्ये १ सय ६३ जनालाई हात हतियार तथा विष्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

उनले अछाममा मतदान केन्द्रमा भरुवा बन्दुकसहित जान खोज्ने २ जना र बाग्लुङ तथा भोजपुरमा खुकुरी लिएर हिड्ने एक एक जनालाई पक्राउ गरिएको पनि जानकारी दिए ।

पहिलो चरणको निर्वाचन छिटफुट केही घटनाबाहेक शान्तिपूर्ण रहेको पनि प्रहरीले जनाएको छ ।