Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


अपरिचित नम्बरबाट आएको कल नउठाउन टेलिकमको आग्रह


0
Shares

ओटिटी सेवा प्रयोग गरी ‘अननोन’, ‘नो कलर आइडी’, ‘०१२३४५६’, ‘१२३४५६’, ‘८८८८८८८८८८’ जस्ता अपरिचित नम्बर देखिने गरी आउने कल नउठाउन टेलिकमले आग्रह गरेको हो । ‘त्यस्ता अपरिचित नम्बरबाट आउने कलबाट धम्की दिने, पैसा माग्ने, चिट्ठा परेको झुटा जानकारी दिएर ठग्न खोज्ने भएकाले त्यस्ता नम्बर नउठाउन ग्राहकलाई आग्रह गरिएको हो,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘उपभोक्ता नठगिउन् र झुटा कुरामा नफसुन् भनेर त्यस्ता नम्बर देखिने कल नउठाउन आग्रह गरिएको हो ।’

त्यस्ता कललाई उपभोक्तासम्म पुग्नै नदिनसमेत टेलिकमले आफ्ना क्यारियरलाई आग्रह गर्ने वैद्यले जानकारी दिइन् । ‘कहाँकहाँबाट यस्ता कल आएका छन्, त्यसलाई हेरेर नम्बर ब्लक गर्न आग्रह गर्नेछौं,’ वैद्यले भनिन् । –नागरिक दैनिकबाट