Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


तालिम सकेर म्यादी प्रहरी कार्यस्थलमा खटिए


0
Shares

मतदान स्थल, मतदान केन्द्र, चुनावीसभा सम्मेलन तथा उम्मेदवार प्रचार प्रसार कार्यक्रममा सुरक्षा चुनौती बढेपछि जिल्ला सुरक्षा समितिले म्यादी प्रहरीको तालिम पूरा गरी निर्वाचन सुरक्षामा खटाएको हो ।

मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यबस्था मिलाउने र निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण भयरहित बनाउन जिल्ला सुरक्षा समिति पाल्पा जुटेको छ ।

प्रहरीको कमाण्डमा म्यादी प्रहरीलाई जिल्लाका विभिन्न स्थानमा परिचालन गरिएको छ । पाल्पामा १ सय १८ मतदान स्थल र २ सय २६ निर्वाचन केन्द्र छन् ।

सबैजसो मतदान केन्द्रमा १० देखि १५ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा १ लाख ८१ हजार १ सय ५५ मतदाता छन् ।