मुख्य सडकको दाहिनेतर्फको सडकपेटीमा रातो कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
‘हाम्रो अस्पताल’छेउमा भेटिएको सो शंकास्पद वस्तु देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
सो वस्तु बम भए/नभएको भने पुष्टि हुन बाँकी छ । शंकास्पद वस्तुका छानबिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोली आउनेक्रममा रहेको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि नेपाली सेनासहितको सुरक्षा टोलीले घेरा हाली सुरक्षा दिएको छ ।
यसैबीच, मोरङको केराबारी गाउँपालिका–९ मा सकेटबम पाँचथान र ह्यान्ड ग्रीनेट तीनओटा फेलापरेको छ ।
मोरङका प्रहरी प्रमुख अरुण बिसीकाअनुसार सोमबार बिहान प्रहरीले सर्च गर्नेक्रममा जंगलमा सो विस्फोटक पदार्थ भेटिएको हो ।
जंगलमा फेलापरेको सो विस्फोटक पदार्थ डिस्पोजल गरी सकिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्