सोमबार दिउँसो सवा ४ बजेतिर दाङ निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा २ का उम्मेदवार न्यौपाने चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ छिल्लीकोटबाट सदरमुकाम फर्कनेक्रममा न्यौपाने चढेको गाडीमा बम हानिएको थियो ।
न्यौपाने सवारी गाडीभन्दा केहीअगाडि बम विस्फोट भएको जनाइएको छ । बम प्रहारबाट कुनै क्षति भने नभएको बताइएको छ ।
न्यौपाने नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन् ।










प्रतिक्रिया दिनुहोस्