१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


बाघको आक्रमणबाट युवती घाइते


0
Shares

कञ्चनपुर, पुस ११ । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए ।

उनका अनुसार खर काटिरहेको बेला एक्कासी आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । (रासस)