Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात


0
Shares

सोमबार परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो ।

हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तिर्थस्थल पाथिभरामा पनि बाक्लो हिउँ परेकाले तिर्थयात्रि प्रभावित बनेका छन् ।

माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै चिसो निकै बढेको छ । चिसोको बढी असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा परेको छ ।

यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रे लगायतका उच्च भेगका स्थानमा समेत चिसो बढेको छ ।