Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत


0
Shares

चितुवाको आक्रमणबाट मृत्यु भएका अछामको मेल्लेख गाउँपालिका–८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो ।

राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो ।

उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई सो राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो ।

मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले बताए । रासस