२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै जंगलमा ‘स्विप अप्रेसन’


0
Shares

हातहतियार, बम एवं विस्फोटक पदार्थ लुकाएर राखेको आशंकामा विभिन्न स्थानका जंगलमा मंगलबारदेखि सुरक्षाकर्मीको संयुक्त टोलीले ‘स्विप’ अप्रेसन संचालन गर्न थालेको छ ।

अप्रेसनका लागि सेना, प्रहरी र सशस्त्रको संयुक्त टोली परिचालित छ । अप्रेसनमा प्रहरीका तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ । उच्च सुरक्षा स्रोतका अनुसार यही मंसिर २१ गतेको निर्वाचनलाई लक्षित गरी अप्रेसन संचालन गर्ने विषयमा सुरक्षा अधिकारीबीच विराटनगरमा छलफल भएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट