२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पोप फ्रान्सिसले भने: ‘सबै जातीय समूहलाई सम्मान गरौं’


0
Shares

उनले धार्मिक मतभेदलाई विभाजन र अविश्वासको स्रोत नबाउन आग्रह गर्दै एकता, माफी, सहिष्णुता र राष्ट्रनिर्माणका लागि शक्तिका रुपमा लिनुपर्ने धारणा ब्यक्त गरेका छन् ।

रोहिंग्या मुस्लिम समुदायमाथि भएको दमनका कारण विवादमा रहेको म्यानमारको भ्रमणमा रहेका उनले सो समुदायको नाम उल्लेख नगरी सबैलाई सम्मान गर्नुपर्ने बताएका हुन् ।

गत अगष्टमा सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि हिंसात्मक कारबाही सुरु गरेपछि हालसम्म ६ लाख २० हजारभन्दा बढी रोहिंग्या म्यान्मारको राखिन प्रान्तबाट बंगलादेशमा शरणार्थीका रुपमा बसेका छन् भने संयुक्त राष्ट्रसंघले रोहिंग्यामाथि भइरहेको कारबाही जातीय नरसंहार भनेको थियो ।

यद्यपी म्यानमार सरकारले भने रोहिंग्यामाथि जातीय नरसंहार नभएको जनाउँदै आएको छ ।(एजेन्सी)