२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


साउदी राजकुमार मुतैब बिन अब्दुल्लाह हिरासतबाट रिहा


0
Shares

कुनै बेला राजसिंहासनको उत्तराधिकारीका रुपमा लिइने राजकुमार मुतैबले एक बिलियन डलरभन्दा बढी जरिवाना तिर्ने प्रतिबद्धता जनाएपछि उनलाई रिहा गरिएको बताइएको छ । उनी पूर्व नरेश अब्दुल्लाहका छोरा हुन् ।

भ्रष्टाचारको आरोपमा यसै महिनाको सुरुवातमा राजकुमार मुतैबसहित राजपरिवारका केही सदस्य, केही मन्त्री, शीर्ष व्यवसायीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई देशको एक पाँचतारे होटलमा कैद गरिएको थियो । मुतैबसँगै नियन्त्रणमा लिइएका अन्य भने सोही होटलमा कैद छन् ।

६५ वर्षीय मुतैब अब पूर्ण स्वतन्त्र रहने छन् या कुनै शर्तमा उनलाई रिहा गरिएको हो भन्ने प्रष्ट भइसकेको छैन । (एजेन्सी)