Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कालिकोटमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु


0
Shares

मुगुबाट नेपालगन्ज जाँदै गरेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राती दुर्घटना भएको हो ।

दुर्घटनामा मुगुको भिई–७ का ४५ वर्षीय जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको र उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।