Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘छायाँ सेन्टर’को उद्घाटन


0
Shares

काठमाडौं, पुस १० । काठमाडौंस्थित ठमेलमा रहेको आधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’को औपचारिक शुभारम्भ गरिएको छ ।

सेन्टरको मंगलबार नेकपाका नेता योगेश भट्टराईले उद्घाटन गरे ।

छायाँ सेन्टरको कुल लागत पाँच अर्ब रुपैयाँ बढी रहेको जनाइएको छ ।

सन्चालक पृथ्वीबहादुर पाण्डेले पर्यटनको सम्भावना रहेको नेपालमा कम्प्लेक्सले ठूलो योगदान पुर्‍याउने बताए ।

‘ठमेलभित्रको ठमेल’ भनिएको छायाँ सेन्टर देशकै सुविधासम्पन्न सपिङ कम्प्लेक्स भएको सन्चालकको दाबी छ ।