६ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारकाक्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।
मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नम्बरको बलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मुगु भीई–७ की ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । उक्त जिपमा मुगुबाट सुत्केरीसहित ९ यात्री रहेको बताइएको छ ।
पाँच घाइतेकोे थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ ।
जिप दुर्घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्