२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


भारतमा किशोरी बलात्कार र हत्याको अभियोगमा तीनजनालाई मृत्युदन्डको सजाय


0
Shares

२० वर्षका ती तीनजनाले गत वर्षको जुलाईमा उक्त घृणित कुकृत्य गरेका थिए । अदालतले नोभेम्बर १८ मा उनीहरुलाई दोषी ठहर गरेको थियो ।

पीडित किशोरी महाराष्ट्रको कथित उपल्लो जातकी र दोषीहरु कथित तल्लो जातका छन् । उनीहरु सबै स्थानीय कोपार्दी गाउँका बासिन्दा हुन् ।

घटनालगत्तै महाराष्ट्रमा लाखौं व्यक्ति मौनविरोध प्रदर्शनमा उत्रिएका थिए । यो घटनालाई दिल्लीमा सन् २०१२ को नृशंस सामूहिक बलात्कारकान्डसँगसमेत तुलना गरिएको छ ।

भारतमा पछिल्लो समय महिलाविरुद्धको अपराधका घटना निकै बढेका छन् । प्रत्येक वर्ष हजारौं बलात्कारका घटना प्रहरीमा उजुरी पर्ने गरेका छन् । (एजेन्सी)