Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेप्से १२ अंकले बढ्यो


0
Shares

यसदिन सेयर बजार परिसूचक नेप्से १२ अंकले बढेर १५ सय ३६ विन्दुमा पुग्यो । मंगलबार पनि नेप्से १० अंकले बढेको थियो ।

उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो । बिमा समूह सबैभन्दा उच्च १०० अंकले बढ्यो ।

यस्तै, होटल ५१ अंकले, लघुवित्त ४१ अंकले, विकास बैंक १३ अंक र जलविद्युत् ९ अंकले बढे । वाणिज्य बैंक समूहमा पनि साढे ८ अंकको सुधार आयो ।

यसदिन कारोबार परिमाणमा पनि सुधार आयो । १६३ कम्पनीका २० लाख ५७ हजार कित्ता सेयर १ अर्ब ५ करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।