Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


लमजुङमा सुन्तला उत्पादन घट्यो


0
Shares

सामान्य वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले सुन्तलाको उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा ५ हजार ३०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीकाअनुसार रोगकिराका कारण सुन्तला बगैंचा मासिँदै गएका छन् ।

टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट मर्दै गएको किसानहरुले बताएका छन ।

कृषि कार्यालयका प्राविधिकहरुले सुन्तलाका बोटमा ‘सिट्रस ग्रिनिङ’ भाइरस रोग देखापरेको बताएका छन् ।

लमजुङमा एक हजार २०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा करिब ६०० हेक्टर क्षेत्रफलमामात्र सुन्तला उत्पादन हुँदै आएको छ ।

नमुना क्षेत्र भनेर घोषणा गरिएका बाँझाखेत, सिम्पानी, दुराडाँडालगायतका क्षेत्रमा ग्रिनिङ भाइरसका कारण सुन्तला उत्पादन घटेको छ ।

सुन्तला बचाउन गत वर्ष कृषि कार्याललये सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रमअन्र्तगत् १८ लाख ७३ हजार रुपैयाँ बजेट खर्च गरेको थियो ।