बिहीबारदेखि हुन लागेको मेलामा नेपालसहित भारत, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानका २२५ स्टल रहने चेम्बरले जनाएको छ ।
कोरियाका २३ र थाइल्यान्डका १५ ओटा स्टलहरुसमेत रहनेछन् ।
आर्थिक, औद्योगिकरण एवं वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि मेलाको आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
मेलामा अटोमोबाइल, विद्युतीय सामग्री, फ्लोरिङ तथा फर्निसिङ, घरायसी प्रायोजनका सामग्री, फेसन वेयर तथा एसिसेरिज, मोबाइललगायतका उत्पादन रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्