२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी


0
Shares

पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआइबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको संलग्नता रहेको देखिएको छ । जसबाट सर्वसाधारणको करोडौं रुपैयाँ चोरी भएको छ ।

यसको अर्थ विदेशीहरुले मात्र एटीएमबाट चोरी गर्छन् भन्ने होइन । नेपालीहरुबाट पनि यस्ता घटना भएका छन् । ती सबै घटनाहरु बाहिर आउँदैनन् । यसकारण यस्ता घटनामा विदेशीको संलग्नता धेरै देखिएको हो ।

प्रहरीका अनुसार ०७० कात्तिकदेखि गत भदौ २५ गतेसम्म एटीएमबाट पैसा चोरीका २० वटा घटना भएका छन् । जसमध्ये ३ वटा घटनामा नेपाली संलग्न देखिएका छन् । बाँकी १७ वटा घटनामा विदेशीको संलग्नता रहेको सीआइबीको तथ्यांकमा छ । –कान्तिपुर दैनिकबाट