हतियार राख्ने इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा १ सय १६ थान भरुवा बन्दुकसहितका हतियार बुझाएको प्रहरी नायव उपरीक्षक प्रल्हाद आधिकारीले जानकारी दिए ।
स्थानीय तहको चुनाव हुँदा १ सय १२ थान हतियार बुझाइएको थियो । जसमध्ये चुनावपछि लिन आउनेलाई फिर्ता दिइएको थियो ।
कात्तिक २७ गतेसम्म अन्तिम म्यादलाई थपेर हतियार बुझाउन सबैलाई निर्देशन दिइएको थियो ।
म्याद सकिएपछि हतियार नबुझाउनेलाई खानतलासी गरी हतियार भेट्टाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही गर्ने प्रहरी उपरीक्षक भोजजंग शाहले बताए ।










प्रतिक्रिया दिनुहोस्