Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


विस्फोटमा जसले खुट्टा गुमाइन्, प्रधानमन्त्रीले भने–‘म छु चिन्ता नगर्नोस्, छिट्टै निको हुन्छ’


0
Shares

प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने–‘म छु चिन्ता नगर्नोस्, छिट्टै निको हुन्छ ।’

प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भइ काठमाडौं ल्याइएका बिरामीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिए ।

बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचार–प्रसारकाक्रममा कार्कीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सातजनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै कमी नराख्न निर्देशन दिए ।

विस्फोट हुँदा उम्मेदवार कार्की, कांग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जिप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालिदास श्रेष्ठ घाइते भएका थिए ।

घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ ।

सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिए । रासस