 
	    काठमाडौं, पुस १० । स्थानीय तहका कर्मचारीहरुले सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश संशोधन गर्न माग गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विरोध कार्यक्रममा उनीहरुले अध्यादेश संशोधन गरी स्थानीय तहका कर्मचारीलाई पनि निजामती कर्मचारीसरह सेवा–सुविधा दिनुपर्ने, अस्थायी कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने, सम्मानजनक हिसाबले कर्मचारी समायोजन हुनुपर्ने माग गरेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय अध्यक्ष हिमप्रसाद पौडेलले आफूहरु कर्मचारी समायोजनकोविरुद्ध नभएको भन्दै अध्यादेशमा भएका विभेदका विषयमामात्र असन्तुष्टि रहेको बताए ।
उनले निजामती र स्थानीय तहका कर्मचारीलाई दिने सेवा–सुविधामा नै विभेद भएपछि आफूहरु अध्यादेशको विरोधमा उत्रन बाध्य भएको बताए ।
माग पूरा नभएसम्म आफूहरु काममा नर्फकने र आन्दोलन जारी रहने आन्दोलनरत् कर्मचारीहरुको भनाइ छ ।
राष्ट्रिय सभागृहबाट निस्केको विरोधर्याली काठमाडौं महानगरपालिकाको कार्यालयअघि पुगेर कोणसभामा परिणत भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्