Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रधानमन्त्री ओलीले दिए राजपाका नेताहरुलाई यस्तो आश्वासन


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी राजपाका नेताहरुबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता राजपाले वर्तमान सरकारलाई दिएको समर्थन र संविधान संशोधनको विषयमा केन्द्रीत थियो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले संविधान संशोधनको गृहकार्य थाल्ने आश्वासन दिएको राजपा नेताहरुले बताएका छन् ।

राजपाले संविधान संशोधनको प्रतिबद्धता पूरा नगरेको भन्दै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि प्रधानमन्त्री ओलीसँग राजपाको यो पहिलो भेटवार्ता हो ।

राजपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएरै संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिएको थियो ।