Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सरकारका केही निर्णय आचारसंहिता विपरित : आयुक्त दाहाल


0
Shares

ताप्लेजुङका सञ्चारकर्मीसँग शुक्रबार कुराकानी गर्दै आयुक्त दाहालले बिहीबार मन्त्रिपरिषद बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ति र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका हुन् ।

उनले यसअघि पनि सरकारले गरेको आचारसंहिता विपरीतका निर्णयमा आयोगले असहमति जनाएको बताउँदै निर्वाचन प्रभाव पर्ने निर्णय गरे सरकारलाई स्पष्टिकरण सोध्ने बताए ।

उनले पूर्वमा दलहरु र उम्मेदवारले आचारसंहित विपरीत गरेका कार्यमा स्पष्टिकरण सोध्नेदेखि लिएर आचारसंहित विपरीत टाँगिएका र राखिएका पर्चा, पम्प्लेट हटाउने कार्यमा पनि आयोग सक्रिय रहेको बताए ।

पहिलो चरणमा सम्पन्न निर्वाचनको मत गणनाका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा दाहालले २१ गते साँझ पाँच बजेदेखि नै सबै स्थानमा मतगणना सुरु हुने र क्रमशः थोरै मतदाता भएका जिल्लाबाट मत गणनाको परिणाम आउने बताए ।

दोस्रो चरणमा निर्वाचन हुन लागेको मेचीका ईलाम र झापाको निर्वाचनपूर्वको तयारी र आचारसंहिता पालानाका विषयमा अनुगमन गर्न आएका दाहाल पहिलो चरणमा निर्वाचन सम्पन्न भएका पाँचथर र ताप्लेजुङको मतपेटिकाको सुरक्षाका विषयमा अनुगमन गर्न ताप्लेजुङ आएका हुन् ।