२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


भारतमा आँधी र भीषण वर्षाबाट ८ जनाको मृत्यु, १०० बेपत्ता


0
Shares

सो आँधीका कारण कम्तीमा पनि आठजना मृत्यु हुनुका साथै १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण वर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।

तामिननाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठूलो असर गरेको छ । यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि यस आँधीको ठूलो प्रभाव परेको बताइएको छ ।

सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन ठूलो असर परेको छ । नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ ।

ती स्थानमा आँधीले एक हजारभन्दा बढी रुख ढलाएको छ । त्यसैगरी, बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बन्दै गएको पनि बताइएको छ ।

अहिले पनि ती क्षेत्रहरुमा आँधीको प्रकोप जारी नै छ । उद्वारको काम प्रभावकारी रुपमा गर्न नपाइएको अधिकारीहरुले जनाएका छन् ।

हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । उद्वारकर्मीहरुले आँधीको प्रकोप कम हुनासाथै खोजी अभियान सुरु गर्ने बताएका छन् । (रासस/सिन्ह्वा)