सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट गएका गोताखोरको टोलीले शुक्रबार क्रेनको सहायताले नदीको सतहबाट करिब ३० फिट तलबाट बस निकालेको हो ।
काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु२ख २९१ नम्बरको यात्रीबहाक बस बुधबार बिहान दुर्घटनामा परेको थियो । बस सडकबाट करिब ५० फिट तल नदीमा खसेको थियो ।
दुर्घटनामा परेका सातजना अझै हराइरहेका छन् ।
प्रहरीले दिएको जानकारीअनुसार अर्घाखाँचीका नवराज बञ्जरा, दुर्गा कार्की र हुमकला मगर, बाँके, कोहलपुरकी कोपिला पोखरेल, नवलपरासीका विकास रेग्मी र रुपन्देही, सैनामैनाका शंकर कुँवर अझै बेपत्ता छन् ।
दुर्घटनामा परी ८ जनाको मृत्यु भएको थियो भने २२ जान घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्