२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नयाँ शक्तिका उम्मेदवारलाई लक्षित गरी बम प्रहार


0
Shares

कपिलवस्तु प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार इलियास मुसलमान चडेको गाडीमाथि अज्ञात समूहले रिमोट बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–९ भगवानपुरमा चुनावी प्रचारमा जाँदै गरेको अवस्थामा उम्मेदवार मुसलमान सवार एमएच४३ए ८३०० नम्बरको भारतीय जिपमाथि बम प्रहार भएको हो ।

प्रहरीकाअनुसार उम्मेदवार चडेको गाडीलाई सामान्य क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन ।

घटनाकाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिए ।