
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ निवासी ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई रहेका छन् । दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् ।
घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा परेको सोही माइक्रोबसले बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको स २ प ५९४७ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर कटारी निवासी ४५ वर्षीय कर्णबहादुर तामाङसमेत घाइते भएका छन् ।
तीव्र गतिमा रहेको सो माइक्रोबसले अर्को माइक्रोबसलाई उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिई सडकबाट करिब ७० फिट तल खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्