Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


इलाममा दुई महिलाको शंकास्पद मृत्यु


0
Shares

गत मंगलबार बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् ।

सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको छ । सन्चुको मृत्यु भएको नजिक गाईलाई खुवाउन राखिएको घाँस नजिक फलामको ढुंग्री (सोते) भेटिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवीबहादुर कार्कीले जानकारी दिए ।

सन्चुको शव रहेको घटनास्थलको सर्जिमिन सकिएलगतै उनकै भतिजा बुहारी पर्ने सोही स्थानकी ३४ वर्षीया बिमला राई पनि उनकै घरमा झुन्डिएर मृत अवस्थामा फेला परेकी थिइन् ।

नाताले काकी सासु र भतिजा बुहारी पर्ने दुवैको मृत्यु भएपछि घटनाको अनुसन्धान भइरहेको इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

मृतक दुवैको शव परीक्षण भइसकेको छ । प्रहरीका अनुसार सन्चु र बिमलाको एकवर्ष अघि झगडा भएको थियो । रासस