२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भीरबाट लडेर मह शिकारीको मृत्यु


0
Shares

दग्नाम, गैरीगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भर्‍याङ बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ । मह निकाल्ने मुख्य व्यक्तिले सुरक्षा डोरीसमेत नलगाउने र चोयाको पुराना लट्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको जोखिम हुने गरेको छ । (रासस)