Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नयाँ सुरक्षा रणनीति : प्रहरीले निर्वाचनविरोधी गतिविधिमा लाग्नेलाई गोलीसमेत हान्न सक्ने


0
Shares

नयाँ सुरक्षा रणनीति लागू गरिएको र निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले प्रष्ट पारेका छन् ।

नयाँ सुरक्षा रणनीतिसँगै सरकारले सुरक्षा निकाय परिचालन गरेकाले विस्फोटका घटना नियन्त्रणमा आउने विश्वास गृह मन्त्रालयको छ । दिनहुँ विस्फोटका घटना भएपछि मतदातालाई सुरक्षित महशूस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको निर्वाचन आयोगले पनि जनाएको छ ।

शनिबारमात्रै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी सुरक्षाको पूर्ण प्रत्याभूतिको व्यवस्था मिलाउन निर्देशन दिइएको थियो । देशैभर सुरक्षा निकायको बलियो उपस्थिति रहेको र विष्फोटमा संलग्न भएकालाई नियन्त्रणमा लिइरहेको गृह प्रवक्ता नारायण शर्मा दुवाडीका भनाइ छ ।

यसक्रममा सुरक्षा चुनौती खडा गर्ने पाँच सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको पनि गृह मन्त्रालयले जनाएको छ ।