२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किंदा १३ जनाको मृत्यु, ७ घाइते


0
Shares

दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर एक आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनका साथै दुई जना हराइरहेका हुन् ।

दक्षिण कोरियाली ‘कोस्ट गार्ड’का अनुसार अन्य सातजना घाइतेलाई उपाचारका लागि अस्पताल लगिएको छ । डुंगामा दुईजना चालक दलका सदस्य र २० जना यात्रु सवार थिए ।
ट्यांकरका सबै यात्रु भने सकुशल रहेको जनाइएको छ । एजेन्सी