
राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष रहेकी छन् । उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ ।
त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ ।
राहुल गान्धी हाल पार्टीको उपाध्यक्ष रहेका छन् । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा रहेका छन् । यस पदमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन ।
पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने बताइएको छ ।
सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरालाई सो पदको बागडोर दिन लागेको बताइन्छ ।
अहिलेको अवस्थामा भारतीय कांग्रेसका लागि यो एक राम्रो कुरा भएको र राहुल गान्धीले अगामी दिनमा अन्यन्त राम्रोसँग कार्यसम्पादन गर्ने उत्तरी भारतीय राज्य पन्जावका मुख्यमन्त्री अमारीन्दर सिंहले बताएका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्