२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


0
Shares

राष्ट्रपति कार्यालयमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट र इजरायलका आवासीय राजदूत क्रमशः इमान मोस्तफा ए एहमेद र बेनी ओमेरले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

त्यसैगरी, राष्ट्रपतिसमक्ष इन्डोनेसिया र पेरुका गैरआवासीय राजदूतद्वय रिना प्रित्यासमियर्सी र जोर्ग कास्तानेदा मोन्डेजले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

उक्त अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिला विशेषज्ञ मदनकुमार भट्टराई, सोही कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । रासस