२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


हरिरिद्वारा लेबनानको प्रधानमन्त्री पदबाट दिएको राजीनामा फिर्ता


0
Shares

हरिरिले एक महिना पहिले नोभेम्बर ४ साउदी अरबको राजधानी रियादबाट टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्रीबाट राजीनामा दिएका थियो । यद्यपि लेबनानी राष्ट्रपतिले हरिरिकोे राजीनामा स्वीकृत गरेका थिए ।

‘राजीनामा फिर्ता लिन राष्ट्रपति मिसेल आउन तथा शुभेच्छुकले गरेको अनुरोध बमोजिम मैले राजीनामा फिर्ता लिएको छु’ प्रधानमन्त्री हरिरिले भने ।

प्रधानमन्त्रीको पदबाट दिएको राजीनामा रद्द गर्ने मेरो निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ, हरिरिले मन्त्रीपरिषद्द्वारा प्रधानमन्त्रीको आगमनपछि भएको जारी गरेको पहिलो वक्तव्य वाचन गर्दै सन्चारकर्मीलाई जानकारी गराए ।

हरिरिको राजीनामापछि हरिरिलाई साथ दिँदै आएको साउदी अरब र यसको प्रतिद्वन्दी इरानबीच तनाव देखिने अड्कलबाजी गरिएको थियो । हरिरिले आफ्नो राजीनामाका पछाडि तेहरान र यसको लेबनानी सहयोगी सशस्त्र हेजबुल्लाह समूहलाई देखाएका थिए । (रासस/सिन्ह्वा)