२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अरब नेताहरुले भनेः ‘डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भोग्नुपर्ने छ’


0
Shares

ट्रम्पले बुधवार जेरुसलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिनसक्ने भएपछि अरब नेताहरु क्रूद्ध बनेका हुन् ।

राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देस टेलिफोनमार्फत् दिएपछि अरब नेताहरु आक्रोशित बनेका हुन् ।

इजरायलस्थित अमेरिकी दूतावास जेरुशलम सारिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी उनीहरुले दिए ।

प्यालेष्टायनी नेता महमूद अब्बासले यसको गम्भीर परिणाम हुने चेतावनी दिएका छन् भने सउदी अरबका सुल्तान सलमानले यो कदम चालिए विश्वभरका मुसलमान भड्कने चेतावनी दिए ।

जोर्डनका सुल्तान अब्दुल्लाले अमेरिकी निर्णयले सारा मुस्लिम समुदायलाई भड्काउने भन्दै आफूहरु जेरुशलमलाई इस्लामी स्थलका रुपमा संरक्षण गर्न लाग्ने प्रष्ट गरेका छन् ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि ट्रम्पलाई परिस्थिति नभड्काउन अपील गरेका छन् ।

ह्वाइटहाउसको प्रवक्ता सैंन्डर्सले भने यस कदमप्रति राष्ट्रपति ट्रम्पको सोच पक्का रहेको प्रष्ट गरेका छन् । जेरुशलम इजरायल र प्यालेष्टायनीबीचको विवादको सबैभन्दा गम्भीर मुद्दा बनिरहेको छ ।

अमेरिकाले जेरुशलमलाई राजधानी स्वीकारे सन् १९४८ मा इजरायल स्थापना गरेयता मान्यता दिने पहिलो देश बन्नेछ । (एजेन्सी)