२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुममा व्यापक हिमपात, सर्वसाधारणलाई घरबाहिर निस्किन समस्या


0
Shares

रुकुम पूर्वका सिस्ने, मैकोट, हुकाम, रन्मा, अर्जल तथा रुकुम पश्चिमका गोतामकोट, स्यालाखदीलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

उच्च हिमाली क्षेत्रबाहेकका स्थानमा समेत पानी परेपछि चिसो निकै बढेको छ । रुकुमका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएसँगै रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा समेत चिसो ह्वात्तै बढेको छ ।

यस्तै रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा पनि निकै चिसो बढेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातका कारण स्थानीय घरदेखि बाहिर निस्कन सकेका छैनन् ।

चिसोका कारण सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणहरुको संख्या पनि घट्दै गएको छ ।