२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


के सपना बोकेर गाउँ फर्किदैछन् मतदाता ? (भिडियो)


0
Shares

आफूले चुनेका प्रतिनिधिले आउँदो पाँच वर्षमा संविधान कार्यान्वयन र विकासका एजेण्डामा काम गरुन् भन्ने सपना साँचेर उनीहरु काठमाडौंबाट भोट हाल्नकै लागि गाउँ फर्कदैछन् ।

त्यसो त काठमाडौबाट भोट हाल्न यसरी गाउँ फर्कनेहरु अधिकांशको सपना नै एउटै छ, बल्ल तल्ल जारी भएको संविधान कार्यान्वयन होस् ।

मुलकमा स्थायी शान्ति होस र विकासले गति लिओस् अनि पाँच वर्ष चल्ने स्थायी सरकार बनोस् । काठमाडौंमा बिभिन्न पेशा गर्ने नागरिक यही सपना सजाएर आफ्नो गाउँ फर्कन लागेका हुन् ।

काठमाडौंबाट भोट हाल्न गाउँ जानेको नयाँबसपार्क, गोंगबु, कोटेश्वर तथा गाडी रिजर्भ गरेर जानेको तीनकुनेमा यसरी भीडनै लागेको छ ।

नयाँबसपार्कबाट गाउँ जानेको संख्या ह्वात्तै बढेको छ । मतदाता गाउँ पु¥याउन बसको संख्या पनि थपिएको छ ।

भोलि विहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकिएकाले मतदाताहरु रातभर यात्रा गरेरै भएपनि बिहानै भोट खसाल्न आ–आफ्ना मतदान केन्द्र पुग्दैछन् । आफ्नो मतको सदुपयोग हुनेमा पनि उनीहरु ढुक्क छन् ।

यसअघिका धेरै निर्वाचनमा मतदान गरेका हुन् वा पहिलो पटक मताधिकार प्रयोग गर्न आतूर भएका हुन् दुबैथरीमा उत्तिकै जोश र उत्साह छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)