न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।
यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो ।
यादव सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए ।
सो उम्मेदवारी खारेजीकाविरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाऊ आदेश जारी गरी छलफलका लागि बुधबार (आज)लाई बोलाएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्