२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


खुम्बुमा लेक लागेर भरियाको मृत्यु


0
Shares

इनटेक कम्पनी काठमाडौंबाट सगरमाथा बेसक्याम्प जानेक्रममा लेक लागेर सोलुखुम्बुको दूधकौशीका गाउँपालिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मंगलबार साँझ लेक लागेपछि उनलाई उपचारका लागि खुम्बु–पासाङल्ह्यामू गाउँपालिकाको नाम्चेस्थित इलाका स्वास्थ्यचौकीमा लगिएकोमा उपचारकैक्रममा बुधबार बिहान करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राईको शव बुधबारै आफन्तको जिम्मा लगाइएको छ ।