१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भारतको उत्तराखण्ड केन्द्रविन्दु बनाएर सुदूरपश्चिममा भूकम्पको धक्का


0
Shares

बुधबार राती ९ बजेर ४ मिनेटमा बैतडीसहित सुदूरपश्चिमका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सेनाले दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

भूकम्पले पु¥याएको क्षतिको कुनै विवरण भने नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिए ।

यसअघि गत कात्तिक २२ गते बझाङ केन्द्रविन्दू भएर भूकम्प गएको थियो ।