२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


रुसी राष्ट्रपति पुटिन आगामी निर्वाचनमा पनि राष्ट्रपतिको उम्मेदवार बन्ने


0
Shares

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उनी चौथो कार्यकालका लागि उम्मेदवार बन्न लागेका हुन् ।

रुसको एक कारखानाका मजदुरलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो उम्मेदवारीका बारेमा प्रष्ट पारेका हुन् ।

सन् २००० मा पहिलो पटक राष्ट्रपति बनेका पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बन्दै सत्तामा रहेका छन् ।

रुसमा पुटिनलाई एक शक्तिशाली नेताका रुपमा लिने गरिन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिने पुटिनको घोषणालाई मजदुरहरुले स्वागत गरेका छन् ।(एजेन्सी)